कारोबारको अन्तिम समयसम्म पनि ओरालो यात्रामै नेप्से :  २१ अंकको गिरावट

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा २१.६१ अंकले घटेको छ । 

कारोबार सुरुबाटै ओरालो यात्रा लागेको नेप्से परिसूचक ४ घण्टाको अवधिमा १.५४ प्रतिशतले ओरालो लागेको छ  ।

आज १४०३.८८ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३८२.२५ को बिन्दुमा पुगेको छ । 

आज  कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका  १८६ कम्पनीको ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता शेयर २० हजार ४६९ पटक खरिद विक्री हुदाँ १ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले २ लाख ३४ हजार ५१६ कित्ता शेयर खरिद विक्री हुदाँ १३ करोड ६१ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया