कोरोनाबारे मनपरी बोल्ने राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले डिलिट गरीदियो

३ बर्ष अगाडि

 कोरोना भाइरसबारे गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टाटस डिलिट गरिदिएको छ । 

ट्रम्पले फक्स न्युज च्यानललाई दिएको ‘कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन्’ भन्ने अन्तरवार्ताको भिडियो क्लिप सहितको अन्तरवार्ता फेसबुकले हटाइदिएको हो । 

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्( कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’

यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया