एनएमबि बैंक लिमिटेड र सिजी डिजीटल बीच सून्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारी पत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका छन् ।
यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।
यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिटरक्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभप्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया