साताको शेयर बजारः नेप्से परिसचुकमा भारी गिरावट, कारोबार रकम कति ?

३ बर्ष अगाडि

काठमाडौं – यो हप्ता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५७.६९ अंकले घटेको छ । यो हप्ता ४ दिन कारोबार हुदाँ परिसुचक ४.०१ प्रतिशतले घटेको नेप्सेले बताएको छ । 
आइतबार १४३९.०६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो । तर, साताको अन्तिम कारोबार दिन अर्था्त विहीबारसम्म आउँदो त्यो १३८१.३७ विन्दुमा झरेको छ । 
चार दिनमा जम्मा रु. ५ अर्ब २८ करोड ६४ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार यो हप्ता १९४ कम्पनीको १ करोड ५७ लाख ९३ हजार ९६० कित्ता शेयरको ८५ हजार ६०० पटक कारोबार भएको छ । यो हप्ता दैनिक औषतमा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ  ।
यो हप्ता नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।  उक्त कम्पनीको ५८ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल लाइफ इस्योरेन्सको ३९ करोड ४१ रुपैयाँको कारोबा भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया