पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
शुक्रबार राजधानी काठमाडौं उपत्यकामा मात्रै १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
ति मध्ये काठमाडौं जिल्लामा मात्र ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रतिक्रिया