जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने पुल नौ वर्षपछि निर्माण सम्पन्न

३ बर्ष अगाडि

जुम्ला, डोल्पा र जाजरकोट जिल्ला जोड्ने दानसाँघु पक्की पुल नौ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

विसं २०६८ असारदेखि निर्माणकार्य थालनी गरिएको ६० मिटरको सो पुल २०७१ असारमा निर्माण सम्पन्न सम्झौता भए पनि २०७७ असारमा सम्पन्न भएको हो । विसं २०७२ मा तत्कालीन प्रमुख ई हरिप्रसाद शर्मा बहाल हुँदा पुलको डिजाइन काम नलाग्ने भएको जनाइएपछि निर्माणकार्यमा अवरोध आएको एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले बताए । 

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाले निर्माण थालनी गरेको पुलको बायाँतिरको पिलरको डिजाइन काम नलाग्ने भएपछि पुनः डिजाइन गरी काम शुरु गर्दा समय अवधि लम्बिएको हो । यद्यपि भू–गर्भ विभागद्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको उहाँले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करिब रु चार करोड लागतमा भगवती पृथ्वी जेभीले ठेक्का प्रणालीअनुसार रु दुई करोड ८८ लाख ३० हजार ७७६।६२ पैसामा ठेक्का लिएको थियो ।

जिल्लाको गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्याङ्कोट, गोठीचौरसहित डोल्पा र जाजरकोटलाई समेत जोड्ने पक्की पुल निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको छ । बिरामी अस्पताल पु¥याउनदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पु¥याउन अब सहज हुने भएको स्थानीयवासी केशव धितालले जानकारी दिए ।

आठवटै  स्थानीय तह विकास र प्रविधिमैत्री हुने    

जुम्लाका एक नगरपालिका र सात गाउँपालिका विकास र प्रविधिमैत्री बनाउने उद्देश्यले प्राविधिक सहायक नियुक्ति प्रक्रिया अघि बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सञ्चालित रोजगार सेवा केन्द्रका लागि प्राविधिक सहायक नियुक्ति प्रक्रिया अघि बढाइएको हो । सोही प्रक्रियाअनुसार यहाँका स्थानीय तहले धमाधम नियुक्ति प्रक्रिया अघि बढाइरहेका छन् । 

स्थानीय नै रोजगारबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । यसका लागि सरकारले पहिलो पटक सिभिल इञ्जीनियरिङ पास गरेका अनुभवी प्राविधिक सहायक करारमा नियुक्ति गर्न लागेको हो । रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवा केन्द्रको युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि–२०७६ को दफा १३ अनुसार सबै स्थानीय तहका गाउँपालिका र नगरपालिकामा करारमा प्राविधिक सहायक पदपूर्ति गर्न छुट्टै समिति बनाइएको छ । 

सो समितिले अनुभवी प्राविधिक सहायकको छनोट तथा पदपूर्तिका लागि सिफारिस गर्नेछ । यसका लागि सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत अध्यक्ष, सम्बन्धित स्थानीय तहले तोकेको विषयविज्ञ सदस्य र सम्बन्धित स्थानीय तहको महाशाखा तथा शाखा प्रमुख सदस्य सचिव रहने गरी तीन जनाको पदपूर्ति समिति गठन गरिएको छ । 

समितिले १५ दिनको सार्वजनिक सूचना निकालेर आवश्यक प्राविधिक सहायक छनोट प्रक्रियासहित हरेक स्थानीय तहमा एक÷एक जना नियुक्ति गर्ने प्रावधान छ । छनोट प्रक्रियाको क्रममा तोकिएको म्यादभित्र आवेदन दिनेमध्येबाट योग्य ठहरिएका १० जनाको नाम र सो नभएमा उपलब्ध सङ्ख्याका उम्मेदवारको प्रारम्भिक योग्यता क्रमको सूची प्रकाशन गरी सम्पूर्ण प्रक्रिया पूरा गरी आवश्यक जनशक्ति छनोट गर्ने प्रावधान बनाइएको छ । छनोट प्रक्रियामा सहभागी हुनेहरूका लागि पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण तथा अन्तिम लागत विवरण तयार गर्न सक्ने, विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्ने टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्धसम्बन्धी सीपसहित कम्तीमा छ महिनाको कार्यअनुभव भएको मापदण्ड तोकिएको सिञ्जा गाउँपालिका रोजगार सेवा केन्द्र प्रमुख इन्द्रराज गिरीले बताए।

स्थानीय तहमा छनोट हुने प्राविधिक सहायकले रोजगार सेवा केन्द्र र रोजगार उपभोक्ता समूहबीच समन्वय गर्ने, आयोजनामा भएको भौतिक प्रगति तथा लाभग्राहीले पाएको पारिश्रमिक वितरण गर्ने, सार्वजनिक रोजगारी सिर्जनाका लागि स्थानीय तहलाई सहयोग गर्ने, आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने कार्य गर्नुपर्छ । 

यसैगरी स्थानीय तहमा निर्माण हुने आयोजनाहरूको सम्भाव्यता अध्ययन, डिजाइन, विस्तृत लागत अनुमान र कार्यसम्पन्न भएपछि अन्तिम मूल्याङ्कन गर्ने, प्राविधिक अनुगमन तथा सुपरिवेक्षणसहित गुणस्तरीयता कायम गराउनेलगायतका काम हुने तातोपानी गाउँपालिकाको रोजगार सेवा केन्दका प्रमुख  सरीता शर्माले जानकारीदिइन ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया