कारोबार अन्तिमसमयसम्म आउँदा उकालो लाग्यो नेप्से :  ११.३० अंकले बढयो

३ बर्ष अगाडि

आज साताको पहिलो  दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा ११.३० अंकले उकालो लागेको छ ।

आज नेप्से परिसूचक ४ घण्टाको अवधिमा ०.८२ प्रतिशतले ओरालो लागेको छ  ।

आज  १३८३.६९ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३९२.६८ को बिन्दुमा पुगेको छ । 

आज  कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका  १८७ कम्पनीको ३० लाख ३० हजार ३ सय ३१ कित्ता शेयर २९ हजार ४३ पटक खरिद विक्री हुदाँ  ९१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये अजोड इन्सुरेन्स कम्पनिले १ लाख ९९ हजार १८२ कित्ता शेयर खरिद विक्री हुदाँ ९ करोड २० लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया