नेपालमा गएको २४ घण्टामा दुई जनाको मृत्यु , थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्।

शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो।

विगत २४ घण्टामा ८,५१५ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि क्वारन्टीनमा ११,०३८ जना छन्।

अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।

३ बर्ष अगाडि

प्रतिक्रिया