खैरो हिरोइनसहित ६  पक्राउ

३ बर्ष अगाडि

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट  छ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताका घरमा  खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीयवासी २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ र  १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ । बिक्रीवितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र  फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता  विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया