कारोबारको पहिलो घण्टा : दोहोरो अकंले बढ्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १४.१५ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १४ अकंले उकालो लागेको हो ।

आज १३९४.३५ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४०६.८३ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १३९४.३५ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक  १.०२ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १० वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७० कम्पनीको ८ लाख ५५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३१ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये अजोड इन्सुरेन्स कम्पनिले ५ सय ३  कित्ता शेयर खरिद विक्री हुदाँ ३ करोड ४४ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया