कारोबारको तेस्रो घण्टा: २५ अकंले बढ्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २५.३३ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा २५ अकंले उकालो लागेको हो ।

आज १३९४.३५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४१८.०२ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १३९४.३५ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १२ वटै उपसमुह  बढेका छन् ।

अहिले कारोबार भईरहेका १८६ कम्पनीको २३ लाख ३० हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७७ करोड  अर्ब २९ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये अजोड इन्सुरेन्स कम्पनिले ५ सय ८५  कित्ता शेयर खरिद विक्री हुदाँ ६ करोड ७३ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया