एभरेष्ट बैंकका कर्मचारीलाई कोरोना, कार्यालय दुईदिनका लागि बन्द

३ बर्ष अगाडि

एभरेस्ट बैंकको मुख्य कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाजिम्पाटमा रहेको कार्यालय र अर्को एक शाखाका कर्मचारीलाई पनि संक्रण देखिएपछि दुई दिनका लागि बन्द गरिएको छ । 

सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको र बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।

शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको बताइएको छ ।

आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया