गएको २४  घण्टामा चार जनाको मृत्यु ,थप ३३८ जनामा  कोरोना सङ्क्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालमा गएको २४ घण्टामा  कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ ।

योसँगै  सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।

गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ।

हालसम्म ४५२,२३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा १४० जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १०,७५९ जना छन्।

अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया