आमिरको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज

३ बर्ष अगाडि

कोरोनाका कारण धेरै बलिउड फिल्मको रिलिज पोस्टपोन्ड भएको छ । कति फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । यो समयमा सबै आफू र आफ्नो परिवारको स्वास्थ्यलाई लिएर चिन्तित छन् । यसबीच, बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । यो फिल्मलाई यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी थियो । 
 
आमिर खानको क्रिसमससँग पुरानो नाता छ । क्रिसमसको छेकोमा रिलिज भएका उनका प्रायः फिल्म सफल छन्, जसमा ‘थ्री इडियट्स’, ‘पीके’, ‘धूम ३’, ‘दंगल’ लगायत सामेल छन् । आउँदो वर्षको क्रिसमसमा रिलिज हुने ‘लाल सिंह चड्ढा’ टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित छ र लकडाउन अगाडि चण्डिगढ र कोलकातामा फिल्मको केही प्रतिशत छायांकन भएको थियो । 
 
लकडाउन खुकुलो भएसँगै अभिनेता आमिर खान फिल्मका लागि लोकेशन हेर्न टर्की गएका छन् । आमिर खान प्रोडक्सनको ‘लाल सिंह चड्ढा’ मा आमिर खान र करीना कपूर खान मुख्य भूमिकामा छन् । मोना सिंहको पनि प्रमुख भूमिका छ । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । त्यस्तै, फिल्ममा प्रीतमको म्यूजिक र अमिताभ भट्टाचार्यको शब्द छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया