किष्ट अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले  जानकारी दिएका छन ।

काभ्रे निकासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । 

नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया