सिद्धार्थ बैंकको सम्पत्ति ०.५ प्रतिशतले बढ्यो

३ बर्ष अगाडि

सिद्धार्थ बैंक लिमिटेडको सम्पत्ति २०.५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष  २०७६÷७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष भन्दा गतवर्ष सम्पत्ति २० प्रतिशतले बृद्धि भएको हो । 

प्रकाशित विवरण अुनसार बैंकको कूल सम्पत्ति रु. १८२.६७ अर्ब रहेको छ । 

आर्थिक वर्ष २०७६÷७७ मा बैंकको निक्षेप रु। २३/४ अर्बले बृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी रु. २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ । 

त्यस्तै, सो आ.व. मा रु. १८.८८ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । कोभिड–१९ महामारीको असरको बावजुत पनि बैंकले रु. ३.७९ अर्बको नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आ.व. भन्दा रु. ३२ करोडले बढि हो । 

बैंकले रु. २.०९ अर्ब खुद मुनाफा आर्जन गरेको छ र सो मुनाफा मध्ये रु। ८७ करोड र ऋणपत्र परिपक्व भएको रकम सहित रु. १२४ करोड वितरण योग्य रकम रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया