चिलिमेको नाफा ७४ करोड, चुक्तापुँजी बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

३ बर्ष अगाडि

चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ०.२५ प्रतिशतले बढेर  ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार चिलिमेको नाफा अघिल्लो वर्षको तुलनामा सामान्य मात्र बृद्धि भएको हो । 

विवरण अनुसार अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पछिल्लो चार महिनाका अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.५४ प्रतिशतले घटेरको छ । अघिल्लो वर्ष  विद्युत् बिक्रीबाट १ अर्ब १७ करोड ४ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको चिलिमेले यो वर्ष  १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ मात्र कमाएको हो । 

लक डाउनका कारण नेपाल विद्युत प्राधिकरणलाई कन्ट्रयाक्ट भन्दा धेरै उत्पादन भएको इनर्जी बिक्री गर्न नसक्दा नाफा प्रभावित भएको चिलिमेको भनाई छ । अर्थात् कम्पनीले उत्पादन गरेको सबै विद्युत बिक्री गर्न सकेको छैन । । 

चौथो त्रैमास सम्ममा चुक्ता पुँजी २० प्रतिशतले  बढेर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसामा सीमित भएको छ । चिलिमेको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया