समता लघुवित्तको प्रतिशेयर आम्दानी घट्याे

३ बर्ष अगाडि

गत आर्थिक वर्षमा  समता लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ४२ रुपैयाँ ३२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर २६ रुपैयाँ ८६ पैसामा झरेको छ। 

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। 

१९ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा  ५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ १५ पैसा कायम भएको छ । 

उल्लेख्य खराब कर्जा संकलन (राइट ब्याक) गर्न सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको देखिन्छ। असार मसान्तसम्ममा लघुवित्तले ८७ करोड ४८ लाख रुपैयाँ सापटी र ६० करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

यसबापत लघुवित्तले १२ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड २७ लाख रुपैयाँ बढी हो। 

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २९ लाख ९० हजार रुपैयाँ बढेर ३ करोड ५५ लाख पुगेको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया