बजार अनुगमनमा सक्रिय मुसिकाेट नगरपालिका

३ बर्ष अगाडि

गुल्मीकाे मुसिकोट नगरपालिकाले नगरभित्र संचालनमा रहेका पसलहरुबाट करिब ६२ हजार बराबरको अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरेकाे छ । 

नगरपालिकाले बजार अनुगमनका क्रममा गुणस्तरहिन तथा म्याद नाघेका साम्रगीहरु फेला परेको र त्यी सामाग्रीहरुलाई बरामद गरी नष्ट गरिएको नगरपालिका उपप्रमुख कमला शर्माले जानकारी दिइन् ।

अनुगमनका क्रममा व्यवासायीहरूले मुल्य सूचि नराख्ने, एउटै पसलमा धेरै प्रकारका ब्यबसायहरु संचालन गर्ने, पसलको बोर्ड नराख्ने गरेको पाइएको शर्माले बताइन् ।

अनुगमनका क्रममा फेला परेका करिब ६२ हजार बराबरको अखाद्य बस्तुहरुलाई बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा ब्यबसयीहरुलाई सचेत गराइएको र सुधार गर्नुपर्नेलाई लिखित रुपमै सुझाब दिइएको नगरपालिकाले जनाएको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै दोस्रो चरणको अनुगमनमा पनि सुधार नभए कारवाही गरेरै छाड्ने प्रमुख प्रशासकीय अधिकृत नबराज भण्डारीले जानकारी दिए । नगरपालिकाले बजार अनुगमन तथा ब्यबस्थापन कार्यबिधि तयार गरीसकेको र सोही अनुसार नै काम गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया