एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा नतिजा किन हेर्न मिलेको छैन, यस्तो छ कारण ?

३ बर्ष अगाडि

काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमपेण्ट लिमिटेडको आईपीओ मंगलबार बिहान नै बाँडफाँट भएको हो । तर, अझै पनि लगानीकर्ताहरुले आफुलाई शेयर परेको÷नपरेको भनेर हेर्न पाएका छ्रैन । 
बाँडफाँट पनि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरधनीहरुको मेरोशेयर खातामै हेर्न पाउने गरी विवरण अपडेट गर्नुपर्नु हुन्छ । तर, सिडीएसले अझै पनि त्यो गर्न सकेको छैन । 
बिशेषगरि पुतलीसडक क्षेत्रमा इन्टरनेटमा आएको समस्याले गर्दा विवरण अपडेट गर्न नसकिएको सीडीएसले बताएको छ । सीडीएसले ४ लाख भन्दा बढी आवेदनकहरुको विवरण अपडेट गर्नुपर्ने छ । 

अहिले बैकल्पीक व्यवस्था मार्फत विवरण अपडेट गर्ने काम भइरहेको सीडीएससीले बताएको छ । सीडीएससीकाअनुसार अहिले वायरलेस मार्फत काम भइरकेो छ । बेलुकासम्म सवैले नतिजा हेर्न मिल्ने गरि काम भइरहेको बताइएको छ । 
उक्त कम्पनीको आईपीओमा ४ लाख १७ हजार ९५८ जना आवेदकहरुले आवेदन दिएका थिए । त्यसमध्ये ३ लाख २० हजार ६१४ जनाले १० कित्ता शेयर पाएका छन् भने बाँकी रहेका ९७  हजार ३४४ जना आवेदकको हात भने खाली नै रहेको छ । 
कम्पनीले कम्पनीले साउन १६ गतेदेखि २१ गतेसम्म ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्रीमा ल्याएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया