अब भारतबाट श्रम गर्न नेपालमा आउन नपाइने

३ बर्ष अगाडि

अब भारतबाट श्रम गर्न नेपालमा आउन नपाइने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिमका कारण भारतबाट कामका लागि नेपाल प्रवेश गर्न रोक लगाएको हो ।

यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए ।

भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया