मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न व्यवसायिक संस्थाहरुसंग सहकार्य

३ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट पाउने भएका छन् । 

उक्त योजनामा बैंकले नेप्मेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, आल्मा आर्टस र बाजेको सेकुवासँग सहकार्य गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५ प्रतिसत सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, बैंकका ग्राहकहरुले भिसा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना शुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया