लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्यमा भारी गिरावट आएको छ ।
आज बुधबार एकै दिन तोलामा ६ हजार २०० रूपैयाँले गिरावट आएको हो ।
नेपाली बजारमा मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
यस्तै बुधाबर तेजावी सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मुल्यमा पनि गिरावट आउको छ । चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महाँसघको भनाई छ ।
प्रतिक्रिया