भदौ ४ गतेदेखि रिलायन्स लाइफको आईपीओ निष्काशन हुने

३ बर्ष अगाडि

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गते देखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै भदौ ४ गतेदेखि आईपीओको बिक्री खुल्ला गर्ने जानकारी दिएको हो । 
कम्पनीले छिटोमा भदौ ८ गतेसम्म बिक्री खुल्ला गर्ने बताएको छ । ढिलोमा भने भदौ २२ गतेसम्म बिक्री खुल्ला गरिने बताइएको छ । 

कम्पनीले आफ्नो चुक्तापुँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात् ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । यस्तै, कम्पनीका कर्मचारीका लागि पनि सो बराबरको शेयर छुट्टाइएको छ । जसअनुसार बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधरणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि ६३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओ बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ । इक्रा नेपालले यस आईपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया