नागवेली लघुवित्तको नाफा बढ्यो, अन्य परिसुचक कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं – नागवेली लघुवित्तले गत आर्थिक बर्षमा रु. ३ करोड ९६ लाख ४९ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा अघिल्लो आवका भन्दा पनि बढी हो । अघिल्लो आवमा लघुवित्तले रु. ३ करोड ५५ लाख २८ हजार खुद नाफा कमाएको थियो । 
समिक्षा बर्षसम्म लघुवित्तले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवसम्म लघुवत्तले नाफा रू. ३२ करोड भन्दा बढी निक्षेप संकलन गरेको थियो । 
यस्तै, लघुवित्तले समिक्षा बर्षसम्म लघुवित्तले १ अर्ब २० करोड  भन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रवाहित कर्जाबाट लघुवित्तले गत आवमा २१ करोड २ लाख  कुल व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी भने १२ करोड ५७ लाख  रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी २१ करोड १२ लाख ७६ हजार रहेको छ । लघुवित्तले आफनो जगेडामा ११ करोड २२ लाख  जम्मा गरेको छ । 
वित्तिय विवरणअनुसार लघुवित्तको प्रति शेयर आम्दानी १८.७७  रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ १५३.१द्द, कुल सम्पत्ति प्रतिफल २.९६ प्रतिशत, तरलता अनुपात ९.५२ प्रतिशत रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया