सरकारले भन्यो – कोरोनाबाट बच्न यी जडीबुटी प्रयोग गरौँ

३ बर्ष अगाडि

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण भएका, एण्टीमाइक्रोबायल तथा एण्टीभाइरल गुण भएका जडीबुटी खान सर्वसाधारणलाई आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुवर्देदिक तथा बैकल्पिक चिकित्सा विभागले गुर्जो, असुरो, बेसार, सुठो, मरिच, पिप्ला, तुलसीको पात, तेजपात र दालचिनी लगायतका जडिबुटी प्रयोग गर्न आग्रह गरेको हो ।

विभागले गुर्जो ५ ग्राम आधा लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै पिउन, असुराको पात र बेसार १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गर्न भनेको छ । 

त्यस्तै सुठो, मरिच, पिप्ला २ ग्राम, तुलसीको पात ५ वटा १ लिटर पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गर्ने,  तेजपात २ ग्राम र दालचिनी २ ग्राम  आधा लिटर पानीमा पकाएर चियाजस्तै प्रयोग गर्न विभागले भनेको छ । 

त्यस्तै नियमित रुपमा योगा र ब्यायाम गर्न पनि विभागले आग्रह गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया