कारोबारको दोस्रो घण्टा :४ अकंले घट्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ४.६३ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरालो लागेको नेप्से परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले ओरालो लागेको हो ।

आज १४२५.०५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४१९.१८ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १४२५.०५ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.३३  प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १७७ कम्पनीको १० लाख ७१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया