जुत्ता बल्खुखोलाको किनारमा भेटिएका कान्तिपुरका सहायक सम्पादक बानियाँकाे शव मकवानपुरकाे सिस्नेरीमा

३ बर्ष अगाडि

तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरको सिस्नेरीमा फेला परेको छ ।

पत्रकार बानियाँको शव सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । 

बानियाँ सोमबारदेखि परिवारको सम्र्कमा नआएकाले खोजि गरिदिन परिवारका सदस्यले निवेदन गरेको ज्ञवालीले बताए ।  

‘तीन दिनअघि उहाँ बेपत्ता भएको उजुरी आएको थियो,’ उनले भने, ‘सिस्नेरीमा शव भेटिएको छ, पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।’

तनहुँका स्थायी बासिन्दा पत्रकार बानियाँ राजनीति र सुशासनको क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्दथे ।

दुई दशकभन्दा लामो समय कान्तिपुर दैनिकमा काम गरेका बानियाँ २०६५ मा केही समय नागरिक दैनिकमा पनि काम गरेका थिए । 

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव समेत रहेका बानीयाँ तनहुँका स्थायी वासिन्दा हुन् । 

बानियाँको जुत्ता बल्खुखोलाको किनारमा भेटिएको छ । उनलाई खोलाले बगाएको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया