जीवन विकास  लघुवित्तको नाफा झन्डै ८०  प्रतिशतले बढ्यो

३ बर्ष अगाडि

जीवन विकास  लघुवित्त वित्तिय संस्थाले गत आार्थिक बर्ष २०७६/७७ मा ३४ करोड १४ लाख २३ हजार खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको गत आवको वित्तिय विवरणले यस्तो देखाएको हो ।

लघुवित्तको यो नाफा अघिल्लो आव २०७५÷७६ मा २७ करोड २५ लाख ३२ हजार खुद नाफा कमाएको थियो ।  लघुवित्तको यो नाफा अघिल्लो आव २०७५/७६ को भन्दा  ७९ दशमलव ८२ प्रतिशतले बढी हो 

गत आवसम्म लघुवित्तले आफ्ना सदस्यहरुबाट रू। ५ अर्ब ६२ करोड ३१ लाख ८५ हजार डिपोजिट संकलन गरेको छ । त्यसैगरी अघिल्लो आव २०७५/७६ मा ५ अर्ब ६३ करोड २५ लाख ९५ हजार डिपोजिट संकलन गरेको थियो ।

यस्तै, रू। १ अर्ब  ७५ करोड ३२ लाख ५६ हजार कर्जा भएको वित्तिय विवरणमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया