चार घण्टाको अवधिमा १.५१ अंकले उकालो लाग्यो नेप्से

३ बर्ष अगाडि

आज साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा  १.५१  अंकले बढेको छ । 

आज १४२५.०५ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा ०.११ प्रतिशतले बढेर  १४२५.३२ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ६ उपसमुह  बढेका छन.। 

अन्तिम समयसम्म कारोबारमा आएका  १८८ कम्पनीले ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिद विक्री हुदाँ  ९५  करोड  १९ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये युनाइटेड इन्सुरेन्स कम्पनिले ६ करोड २० लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया