थपिए ४ सय ८४ नयाँ  संक्रमित , कुल संक्रमितको कुल संख्या २४ हजार ४ सय नाघ्यो

३ बर्ष अगाडि

नेपालमा गएको  २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएको जनाकारी दिए। यससँगै हालसम्म डिस्चार्ज  हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३  रहेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया