कोरोनाबाट एकैदिनमा आठ जनाको मृत्यु , मृतकको संख्या ९१ पुग्यो

३ बर्ष अगाडि

नेपालमा पछिल्लो चौबिस घण्टामा कोराना भाइरसका कारण थप आठ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ।

विगत सात दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र पाँच जनाको ज्यान गएको छ। टेकुकी ७८ वर्षीया महिलाको बुधबार बिहान किस्ट हस्पिटलमा मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिकाका ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार ज्यान गएको छ। जनकपुर उपमहानगरपालिकाकै ३८ वर्षीया महिलाको पाटन अस्पतालमा बुधबार बिहान ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरि बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ। मोरङको बुढिगंगा नगरपालिकाका ५५ वर्षीया महिलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने सप्तरीको डाक्रेश्वरी नगरपालिकाका ७२ वर्षीया महिला र कपिलबस्तु नगरपालिकाका ४२ वर्षीय पुरुषको पनि पछिल्लो २४ घण्टामा ज्यान गएको मन्त्रालयले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया