विश्वमा सर्वाधिक कमाई गर्ने १० अभिनेतामा 'द रक' पहिलो नम्बरमा

३ बर्ष अगाडि

फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका थिए । 
 
यो सूचीको दोस्रो नम्बरमा हलिउड अभिनेता रायन रेनोल्डस, तेस्रो नम्बरमा मार्क व्हालबर्ग, चौथो नम्बरमा बेन एफ्लेक, पाँचौ नम्बरमा विन डीजल, छैटौं नम्बरमा अक्षय कुमार, सातौं नम्बरमा म्यानुएल मिरान्डा, आठौं नम्बरमा विल स्मिथ, नवौं नम्बरमा एडम सान्डलर र दशौं नम्बरमा ज्याकी च्यानको नाम छ । सर्वाधिक आय गर्ने अभिनेत्रीको सूची भने सार्वजनिक भएको छैन ।
 
फोर्ब्सको छैटौं नम्बरमा रहेका अक्षय कुमारले गएको एक वर्षमा ४८.५ मिलियन अमेरिकी डलर अर्थात् भारतीय ३ सय ६२ करोड कमाई गरेको उल्लेख छ । अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकनका लागि स्टार कास्टसँग विदेश प्रस्थान गरिसकेका छन् । उनको पाइपलाइनमा ‘लक्ष्मी बम्ब’, ‘अतरंगी रे’, ‘पृथ्वीराज’, ‘सूर्यवंशी’ र ‘रक्षाबन्धन’ जस्ता फिल्म छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया