उपत्यकामा गएको २४ घण्टामा थप १३८ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौं - उपत्यकामा गएको २४ घण्टामा थप १३८ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ।

काठमाडौँका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १ जना, काठमाडौँका २९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका ११ जना र ललितपुरका १४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र काठमाडौँका २ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना र काठमाडौँका ११ जना र ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका २२ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरि स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौँका ९ जना र ललितपुरका २ जना, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना र ललितपुरका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र भक्तपुरका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया