प्रदेश ५ को राजधानी  बुटवलमा पूर्ण लकडाउन

३ बर्ष अगाडि

प्रदेश ५ को राजधानी रहेको बुटवल उपमहानगरपालिका लकडाउन भएको छ । 

समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि उपमहानगरपालिकाले भोली २९ साउन मध्यरातदेखि ५ भदौसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । 

बजार खुल्ला हुँदा आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उनले बताइन् । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने बताइएको छ ।

अघिल्लो साता हाटबजारलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । तर, बुटवलको थोक बजारमा अस्वाभाविक भीडभाड भएपछि उपमहानगरपालिकाको आलोचनासमेत हुँदै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया