आईपीओ निष्काशनमा बुक बिल्डिङ्ग विधि लागू, यस्ता छन् व्यवस्थाहरु

३ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनमा बुक बुक बिल्डिङ्ग विधि लागू गरेको छ । बोर्डले बुधबार नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न सकिने व्यवस्था बमोजिम बुक बिल्डिङ निर्देशिका, २०७७ यस्तो व्यवस्था लागू गरेको हो ।
नयाँ व्यवस्थाअनुसार तोकिएको मापदण्ड पुग्ने कम्पनीले अब बुक बुक बिल्डिङ विधि आईपीओ निष्काशन गर्न सक्नेछन् । त्यसमा आम लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरमा आईपीओ निष्काशन गर्न सक्छन् । तीन बर्षदेखि लगातार नाफामा भएको, नेटवर्थ चुक्तापुँजीको १५० प्रतिशत भएको जस्ता मापदण्ड पुग्ने कम्पनी यो विधिमा सहभागी हुन सक्नेछन् । अन्यथा हाल कै विधि मार्फत आईपीओ निष्काशन गर्नुपर्ने बोर्डको भनाइ छ । 

यस्तो छन् बुक बिल्डिङ्गका व्यवस्थाहरु 

३ बर्ष अगाडि

प्रतिक्रिया