उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना स‌ंक्रमण

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको  जानकारी अनुसार बिहीबार काठमाडौँका १११ , ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका २, वीर अस्पतालमा काठमाडौँका ४, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा काठमाडौँका ३ जनालाई कोरोना पुष्टि भएको छ।

यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ४८ र ललितपुरका १, स्टार अस्पताल सानेपामा भक्तपुरका १, काठमाडौँका १९ र ललितपुरका ७, धुलिखेल अस्पतालमा काठमाडौँका २ जना, विध ल्याबमा काठमाडौँका ४ र सूर्य हेल्थ सेन्टरमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरि ह्याम्स अस्पतालमा काठमाडौँका ९, ललितपुरका १ र नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका ७ र भक्तपुरका ४ जना र हेटौँडामा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया