जबर्जस्ती करणी मुद्दामा साढे सात वर्ष कैद

३ बर्ष अगाडि

जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो । साथै पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको  अदालतका निमित्त स्रेस्तेदार जीवन पौडेलले जानकारी दिए ।

 घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए । निजविरुद्ध विसं २०७६ फागुन २ गते  अदालतमा जबर्जस्ती करणी गरेको भनी मुद्दा दर्ता भएको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया