निजी अस्पतालले सरकारले तोकेको शुल्कमा उपचार गर्न नसक्ने

३ बर्ष अगाडि

निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । 

आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हब अस्पतालसँगको समन्वयमा स्याटेलाइट अस्पतालले २० प्रतिशत शय्या छुट्याएर उपचार गर्नुपर्ने बताएका थिए । मन्त्रालयले तोकेको शुल्कप्रति निजी तथा सरकारी दुवै अस्पताल व्यवस्थापन खुसी छैनन् । तोकेको मूल्यमा उपचार गर्न लगभग असम्भव रहेको उनीहरूको दाबी छ । 
मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३ हजार ५ सय, मध्यम जटिल बिरामीको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरूको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भनेर दररेट तोकिदिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया