माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा शुरु

३ बर्ष अगाडि

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेट (WeChat Wallet)को  भुक्तानी सेवा भित्र्याएको छ ।

नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो । 

उक्त सम्झौतापश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । 

माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया