३८ जना बेपत्ता हुने गरी सिन्धुपाल्चोकमा गएको पहिरोको फोटोकथा

३ बर्ष अगाडि

सिन्धुपाल्चोकको जुगल गाउँ पालिका वडा नम्बर २ लिदिमा गएको भिषण पहिरोमा परि ३८ जना बेपत्ता भएमध्ये ४ जनाको शव भेटिएको छ । 

उद्धारमा खटेको नेपाली सेना सहितको उद्धारकर्मीको टोलीले अहिलेसम्म ४ जनाको शब फेला पारेको सिन्धुपाल्चोकबासी सभामुख अग्नि सापकोटका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी गराएका छन्। 

बिहान ६ बजे गएको  पहिरोले ३७ घर पुरेको छ ।   

लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघीय सरकारलाई यसअघि नै जानकारी गराएको भएपनि कसैले वस्ती स्थानान्तरका लागि पहल नगरेको वडा अध्यक्ष प्रताप लामाले बताए। 

पहिरो गएको जानकरी पाएपछि हेलिकोप्टरबाट सभामुख अग्निप्रसाद सापकोटा पनि त्यहाँ पुगेका छन् । 

 जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलेका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् । छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी
सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री, सानुकान्छी दोङ (गर्भवती), दिन्दुस दोङ, सुरज दोङ, ,करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ, टीकामाई दोङ पुरिएर बेपत्ता भएमध्ये ८ जनाकाे शब फेला परेकाे छ । 

 

सबै तस्वीर ः श्रीधर न्याैपाने । 

३ बर्ष अगाडि

प्रतिक्रिया