अब स्वाव दिएकाे ४५ मिनेटमै कोरोना रिपोर्ट

३ बर्ष अगाडि

अब ५ नम्बर प्रदेशमा कोरोना भाइरस (कोभिड १९) पीसीआर रिपोर्ट ४५ मिनेटमै आउने भएको छ ।

लुम्विनी प्रादेशिक अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२ को ल्याव सञ्चालन भएपछि ४५ मिनेटमै कोभिड १९ को रिपोर्ट आउन भएको हो । 

ल्याबको उदघाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वाव परिक्षणको लागि धेरैदिन कुर्नुपर्ने वाध्यताको अन्त्य गर्ने गरी प्रदेश सरकारले ल्याव स्थापना गरेको बताए । 

उनले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै व्यवस्थापन पनि तिव्रगतिमा गरिरहेको बताए । 

उदघाटन कार्यक्रममा मन्त्री बरालको स्वाव संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया