बिरामीको उपचार गर्दागर्दै संघीय संसद डा. सूर्यनारायण यादवलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।
जनकपुरमा रहेको जानकी हेल्थ केयर सेन्टरमा बिरामीको उपचार गरिरहेका डा. यादवलाई बिहीबार राती प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादव जनकपुरधाममा क्लिनिक संचालन गर्दै आएका छन्।
बाल रोग विशेषज्ञ डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना भाइरस सरेको बताए ।
शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया समेत भएपछि गम्भिर बस्थामा उनको क्लिनीकमा उपचार गर्न पुगेका थिए । आफूलाई शंका लागेर कोभिड १९ जाँच गराउन भनेपछि रिपोर्ट पोजेटिभ आएको डा. यादवले बताए ।
‘त्यसपछि आफैलाई शंका लागेर स्वाब जाँच गराउन दिएको थिएँ, पोजेटिभ देखियो,’ उनले भने । उनी आफूलाई शंका लागेपछि नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेकोे बताएका छन् । शुरुमा शरीर बेस्सरी दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
शुक्रबार यादवसहित ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया