मन्दिर बनाउन अर्बाैँ खर्चने सरकारकाे लाजमर्दाे काम : पहिराे जाने थाहा हुँदाहुँदै तारजाली नपाएर गुमाए लिदीमा ३८ जनाले ज्यान

३ बर्ष अगाडि

ठूलो पहिरो जाने निश्चित भएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा राज्यले हारगुहार गर्दा पनि तारजाली व्यवस्था नगरेपछि ३७ जनाले ज्यान गुमाउनु परेको छ ।   

२०७२ को भूकम्पले हल्लाएको गाउँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमपूर्ण गाउँको सूचिमा राखेपनि पहिरो नियन्त्रणका लागि राज्यले केही वास्ता नगरेपछि शुक्रबार बिहान ३७ जनाको ज्यान गएको हो । 

प्राधिकरणले सो गाउँलाई जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने वा बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने गाउँको सूचीमा राखेको थियो ।  

भूकम्प गएको ५ वर्ष बित्यो, १२० घरधुरी भएको यो गाउँलाई पहिरोबाट बचाउन खासै काम भएन । त्यसका लागि सुरुमा ठूलो पहिरोमा जल प्रकोप उत्पन्न विभागले र तारजाली लगाएर हुने ठाउँमा भूसंरक्षण विभागसँग सहमति भएको थियो । 

ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको तर कसैले वस्ती स्थानान्तरका लागि पहल नगरेको कारण ठूलो क्षती भएको वडा अध्यक्ष प्रताप लामाले बताए। 

यसमा सबैभन्दा ठूलो कमजोरी राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको छ । प्राधिकरणलाई नेताहरुले आफन्त भर्तिकेन्द्र र कर्मचारीले लुटको स्वर्ग बनाएका छन् । 

प्राधिकरणले समयमै जोखिमपूर्ण बस्ती स्थानान्तरण वा पहिरो रोकथामको कुनै काम नगरेको स्थानीय बताउँछन् । त्यसैले बस्तीलाई सुरक्षित बनाउन काम नभएपछि दुई परिवार भने गाउँ छाडेर सेलाङ सरेका थिए । केही परिवार सार्वजनिक जंगलमा अस्थायी टहरा बनाएर बसेपनि दीर्घकालीन विकल्प नभएपछि उनीहरु फेरी जोखिमयुक्त लिदि बस्तीमा नै फर्किन बाध्य भएका थिए ।

गाउँमाथी भूकम्पले हल्लाएर धाँजा फाटेको पहाड, यसैवर्ष चलाएको डोजर र मोटरबाटो पु¥याइएको र तलतिर बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोको सुरुङमार्गका कारण पहिरो गएको स्थानीयको भनाइ छ । 

केहीसमय पहिला बाह्रबिसेको पहिरो गएपछि लिदिबासी ज्यान जोगाइदिन माग गर्दै स्थानीय जनप्रतिनिधि कहाँ पुगेर सकेसम्म बस्ती नै सारिदिनुपर्ने उनीहरुको माग पनि गरेका थिए । त्यसपछि गाउँपालिकाले भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै जिल्ला विपद व्यवस्थापन समितिमा पत्र पठाएको जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताए । तर ‘प्रदेशमा पत्राचार भइसकेको थिएन । 

सरकारी यही अलमलकैबीचमा गाउँमाथिबाट खसेको पहिरोले १३ घर पूर्णरुपमा क्षतिग्रस्त हुनका साथै र ३७  वटा घरमा ठूलो क्षति भएको छ । पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने २७ जना हराइरहेका छन् ।

पूर्वजानकारी पाएपनि मानवीय क्षति रोक्न नसक्नु लाजमर्दो विषय भएको जलाधारविद् मधुकर उपाध्याय बताउँछन् ।  यस्तो लापरवाही हुने हो भने प्रविधिले जतिसुकै विकास गरे पनि फाइदा लिन नसक्ने उनको भनाइ छ । 

बेलैमा सावधानी अपाउँदा चार वर्ष पहिले म्याग्दीमा एक सयभन्दा बढीको ज्यान जोगिएको सो उपाय अपनाएको भए लिदिवासीलाई पनि बचाउन सकिने उनको भनाई छ । 

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ भने आफूहरुले बचाउने प्रयास गर्दै नगरेको मान्न तयार छैनन् । ‘

गाउँपालिकाले केही त्रिपाल र तीन वटा चाइनिज टेण्ड पठाएपछि पानी परेका बेला र रातको समयमा गाउँभन्दा पारी सार्वजनिक स्थलमा त्रिपालमा सामूहिकरुपमा बसोबास गर्ने गरेका थिए । तर बिहान बस्तुभाउलाई घाँसपानी गर्न घरमा पुग्थे । शुक्रबार पनि केही बिहानै पुगेका थिए, त्यहीबेला घरमाथिबाट आएको पहिरोले घरगोठसँगै उनीहरुलाई बगाएको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया