दलित पत्रकारहरुको कोरोना बीमा

३ बर्ष अगाडि

काठमाडौं – क्रियाशिल दलित पत्रकार संघ, नेपाल (आड्जोन) ले दलित पत्रकारहरुको कोभिड–१९ (कोरोना भाइरस) बीमा गरेको छ । आड्जोनले आफ्नो संस्था तथा बिभिन्न मिडियामा आवद्ध दलित पत्रकारहरूको कोरोना बीमा गरिदिएको हो । 
आड्जोनले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रतिव्यक्ति ५० हजार बीमांकको दरमा ६२ जनाको बीमा गरेको बताएको छ । उनीहरुको बीमा गत बुधबारदेखि नै लागू भएको छ । गत बुधबारको १५ दिनेपछि आगामी चैत मसान्तभित्र सम्बन्धीत बीमित कोरोना संक्रमित भएमा बीमा कम्पनीले ५० हजार भुक्तानी दिने बताइएको छ ।
कोरोनाको बढ्दो जोखिम र कोरोना संक्रमणपछि दलित पत्रकारमा आउने आर्थिक व्यवभारलाई दृष्टिगत गर्र्दै उनीहरुको बीमा गरिएको आड्जोनले जनाएको छ । साथै, दोस्रो चरणमा थप दलित पत्रकारहरुको पनि कोरोना बीमा गर्ने योजना रहेको आड्जोनकी अध्यक्ष पवित्रा सुनारले बताइन ।
‘पहिलो चरणमा काठमाडौं सहित बिभिन्न जिल्लामा कार्यरत ६२ जना दलित पत्रकारहरुको कोरोना बीमा गरेका छौं । बाँकी रहेको साथीहरुको दोस्रो चरणमा गर्ने छौं,’ अध्यक्ष सुनारले बताइन् ।
कोरोनाको महामारीका बीच पनि सञ्चारकर्मीले पनि फ्रन्ट लाइनमा नै रहेर रिपोर्टिङ गर्दै आएको छन् । फलस्वरुप पछिल्लो समय पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्दै गएका छन् । यी यस्ता अवस्थलाई दृष्टिगत गरेर पनि दलित पत्रकारहरुको कोरोना बीमा गरिएको आड्जोनको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया