एकै दिन दुई भारतीय क्रिकेटर धोनी र रैना को सन्यास

३ बर्ष अगाडि

दुईजना भारतीय क्रिकेटरले शनिबार एकैदिन अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । 

भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनी र बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । 

भारतलाई सन् २००७ को टि(२० विश्वकप तथा २०११ मा एकदिवसीय विश्वकप जिताएका धोनी भारतको सबैभन्दा सफल कप्तान हुन्। 

उनले भारतलाई टेस्ट वरियतामा नम्बर १ स्थानमा तथा च्याम्पियन्स ट्रफीको समेत उपाधि दिलाएका धोनीले यस अघि नै टेस्ट क्रिकेटबाट पनि सन् २०१४ मा सन्यास घोषणा गरेका थिए। 

धोनी सन् २०१९ मा इंग्ल्यान्डमा भएको एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम पटक खेलेका थिए । धोनीले इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । 

युएईमा सेप्टेम्बर १९ देखि आयोजना हुने आईपीएलमा चेन्नाईको लागि खेल्ने तयारी गरिरहेका धोनीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका हुन्। टेस्ट क्रिकेटबाट पनि धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका धोनीले आईपीएल भने खेल्ने छन् ।

धोनीले सन्न्यास लिएपछि रैनाले पनि सन्यास लिएको जनाएका छन् । रैनाले ३३ वर्षको उमेरमा भारतीय टोलीबाट सन्न्यास लिएका हुन् । उनी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिलए) को लागि चेन्नई सुपर किंग्सको भारतमा हुने ६ दिनको प्रशिक्षणमा रहेका छन् ।

रैनाले भारतबाट अन्तिम पटक २०१८ जुलाईमा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । रैनाले भारतीय टोलीबाट १८ टेष्ट, २ सय २६ ओडिआई र ७८ टि२० आई खेलेका छन् । रैनाले टेष्टमा श्रीलंकाविरुद्ध सन् २०१० टेष्टमा डेब्यु गरेका थिए । ओडिआईमा रैनाले सन् २००५ मा श्रीलंकाविरुद्धनै डेब्यु गरेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध रैनाले टि२० आईमा डेब्यु गरेका थिए ।

ओडिआईमा रैनाले ५ शतक र ३६ अर्ध शतकका साथ ५ हजार ६ सय १५ रन बनाएका छन् । टि२० आईमा १ शतक र ५ अर्ध शतक सहित कुल १६ सय ५ रन बनाएका छन् । रैना टि२० आईमा शतक प्रहार गर्ने भारतका पहिलो र विश्वका तेस्रा ब्याट्सम्यान हुन् । रैना भारतीय क्रिकेटमा तीनै शैलीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

रैना टि २० र ओडिआई दुवैमा शतक प्रहार गर्ने भारतका एक्ला खेलाडी पर्दछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया