यस्ता छन् नेपाल आइडलका १२ प्रतिस्पधी

५ बर्ष अगाडि

काठमाडौं– नेपाली संगीत प्रेमीबीच लोकप्रिय रियालिटी सो नेपाल आइडलको आजदेखि गाला राउण्ड सुरु भएको छ ।  जसका लागि देशभरबाट १२ प्रतियोगि चयन भएका छन् । 
गाला राउण्डका लागि झापाका सुमित पाठक, सुर्खेतका सुविन सिंह, कञ्चनपुरका रवि वड, काठमाडौंकी रमिता शर्मा, दोलखाका पवन गिरी, पोखराकी निलिमा थापा मगर, चितवनका मिनराज पौडेल, धादिङका कृषल कडेल, धरानकी नेहा मल्ल बराइली, पोखराका विक्रम बराल, झापाकी अस्मिता अधिकारी र बुटवलका अमित बराल चयन भएका हुन् । 
यी प्रतियोगिबीच नेपाल आइडलको सिजन–२  मा कडा प्रतिस्पर्धा हुने सहजै आँकलन गर्न सकिन्छ । आयोजकका अनुसार गाला राउण्डबाट दर्शकको भोटिङको आधारमा प्रतियोगीको आगामी यात्रा तय हुनेछ ।  हरेक बिहिबार र शुक्रबार एपीवान  टेलिभिजन र मोबाइल एप्स रेस्पेक्ट एण्ड राइजबाट एक साथ प्रशारण  हुने नेपाल आइडलमा बिहिबार राती साढे ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले भोटिङ गर्न सक्नेछन् । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको अन्तिम अर्थात शुक्रबारको इपिसोडबाट एलुमिएसनमा पर्नेछन् । 
यसरी हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ । 

एपबाट भोटिङ गर्ने तरिका
–सबैभन्दा पहिला रेस्पेक्ट एण्ड राइज एप खोल्नुहोस्
–त्यसपछि भोटिङ बटनमा क्लिक गर्नुहोस्
–त्यसपछि आफूलाई मनपर्ने कन्टेस्टेन्टको चयन गर्नुहोस्
–एप्समार्फत तपाईँले फ्रिमा आफूलाई मनपर्ने कन्टेस्टेन्टलाई भोट गर्न सक्नुहुन्छ 
–सःशुल्क थप भोट पनि गर्न सकिनेछ 
–त्यसका लागि प्रभूपेको आफ्नो रजिस्टर गरेको मोबाइल नम्बर प्रयोग गरी भोट सम्पन्न गर्नुहोस्
–साथसाथै तपाईँलेप्रभू मनि ट्रान्सफर्मरका एजेन्टहरुबाट भौचर खरिद गरी पनि एपबाट भोट गर्न सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया