बरालको सक्रियतामा ह्वील चियर वितरण, शशांकले भने- अरुको हितका लागि सहयोगी हुनु नै ठूलो धर्म

५ बर्ष अगाडि

चितवन–नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया, राष्ट्रिय समन्वय समिति तथा उज्यालो नेपाल चितवनका अध्यक्ष सबिन बरालको सक्रियतामा चितवनको रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ ।

रत्ननगरका विभिन्न फरक क्षमता (अपाङ्गता) भएकाहरुका लागि बुधबार आयोजित एक कार्यक्रममार्फत बरालको अगुवाईमा १० जनालाई ह्वील चियर वितरण गरिएको हो । 

सो क्रममा बोल्दै बरालले सामाजिक क्षेत्रको विकास बिना देश विकास सम्भव नभएको भन्दै परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । 

अहिले बोलेर भन्दा पनि काम गरेर देखाउने बेला भएको बताउँदै उनले  सकारात्मक सोचका साथ देश निर्माणमा मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । केही राहत होस् भन्ने भावना राखेर भिन्न क्षमता भएका नागरिकलाई ह्वील चियर प्रदान गरिएको उनले सो क्रममा जानकारी दिए । 

ह्वीच चियर वितरण कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला पुगेका थिए । सो क्रममा बोल्दै उनले अरुको हितका लागि सहयोगी हुनु नै सबैभन्दा ठूलो धर्म भएको बताए । 

सो कार्यक्रममार्फत भिन्न क्षमता भएका शुकराम दराई, डिल कुमारी श्रेष्ठ, सप्त बहादुर तामाड, रमादेवी अर्याल, बिष्णु चौधरी, आयिशा महतो, सोमनाथ गौतम, गोपाल सुवेदी, रामकृष्ण अधिकारी र नारायण बराललाई ह्वील चियर प्रदान गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया