घरघरसम्म पुगेर नेताहरु फिल्म हेर्न हलसम्म पुर्याउँदै ऋषि धमला

५ बर्ष अगाडि

काठमाडौं–राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार ऋषि धमलाले बनाएको फिल्म भएर आफू अनुराग हेर्न हलमै आएको स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौंको सुन्धरास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,“सञ्चारकर्मीले हात हालेको फिल्म भएकोले म अनुराग हेर्न हलमै आएको हुँ । यसको कथाबस्तु राम्रो लाग्यो । यो फिल्मले प्रगति र उन्नती हाँसिल गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”
तिमिल्सिनाले चलचित्रले अहिलेको युवा पुस्ताको मन जितेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले पत्रकार धमला यसको लागि बधाईको पात्र भएको पनि बताए । 
अध्यक्ष तिमिल्सिनासँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरु, बरिष्ठ अधिवक्ताहरु, मानवअधिकारकर्मीहरु र गायक तथा गायिकाहरुको उपस्थिति रहेको थियो ।
धमलाले आफ्नो फिल्म हेरिदिन भन्दै नेताहरुको दैलो चार्ने क्रम तीब्र बनाएको बताइन्छ । सोही कारण दिनहुँ फिल्म हलमा नेताहरु पुगिरहेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया