यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ । 
दिनहुँ जसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार  (असोज १८ गते) अमेरीकी डलरले ११७ रुपैयाँ नाघेको छ ।  एक अमेरिकी डलर खरिद गर्न  १ सय १७ रुपैयाँ ५ पैसा खर्च गर्नुपर्ने भएको छ ।  बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ६५ पैसा कायम भएको छ । 
देशमा धेरैजसो वस्तु तथा सेवा आयातित हुने भएकाले बढ्दो डलर मूल्यले दशैको मुखमा सर्वसाधारण महंगीको मारमा पर्ने भएका हुन् । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १ सय ३५ रुपैया ८२ पैसा रहेको छ । 
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६४ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ५ रुपैयाँ ४ पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया